काठमाण्डौँ / पूर्वराजा ज्ञानेन्द्र शाहले देश र जनतामाथि गद्धारी गर्नेमाथि जनताले कारबाही गर्ने बताएका छन् ।
मंगलबार सामाजिक संजालमा ट्विट गर्दै प्रजातन्त्रमा जनता नै सर्वोपरी भएकाले कुकर्म वा गद्धारी गर्ने जोकोहीलाई समयमा जवाफ दिने उनले बताए ।
जनतामाथि कुकर्म गर्दै मपाइँत्व राख्नु अहितकारी हुने भन्दै उनी लेख्छन् ‘प्रजातन्त्रमा जनता नै सर्वोपरी हुन्। जनता र माटोको नाता अटुट हुन्छ । कोही कसैले अरूले उक्साएको भरमा क्षण भर पनि जनतालाई भ्रममा राख्न सक्दैन।
सत्ताको उन्मादमा देश र जनता प्रति गरिने कुकर्म वा गद्दारीको जवाफ जनताले बेलाबेलामा दिने गर्दछ तर त्यो नबुझी मपाइँत्व राख्नु अहितकारी हुन्छ।’





















