चितवन / पूर्वी चितवनको कालिका नगरपालिकाले गामि आर्थिक वर्षका लागि बजेट सार्वजनिक भएको छ ।
शुक्रबार भएको ११ औं नगरसभामा नगर उपप्रमुख विमला तामाङले आगामि आर्थिक वर्ष २०७९/८० का लागि ८५ करोड ९७ लाख ५१ हजार रुपैयाँको बजेट पेश गरेकी छन् ।

यसका लागि यसका लागि संघीय सरकारबाट प्राप्त अनुदान, शसर्त अनुदान, राजश्व बाँडफाँड, प्रदेश सरकारबाट प्राप्त अनुदान, आन्तरिक आयलगायतबाट स्रोत व्यवस्थापन हुने नगरपालिकाले जनाएको छ । नगरपालिकाले यसअघि नै नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेको छ ।
नगरप्रमुख विनोद रेग्मीले कृषि, स्वास्थ्यलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।





















