चितवन / भरतपुर महानगरको वडा नम्बर १९ को वडाध्यक्षमा नेकपा एमालेका उमेद्वार प्रकाश तामाङ विजयी हुनुभएको छ । तामाङले नेपाली कांग्रेसको द्रोण बहादुर गुरुङका उमेद्वार पराजित गरेका हुन्।
यस्तै सदस्यहरुमा एमालेका राजकुमार गुरुङ, दिल कुमारी थापा मगर, सीता बि.क र नेपाली कांग्रेस खड्क बहादुर पाख्रिन विजयी हुनुभएको छ । कांग्रेसको गढ मानिएको क्षेत्रमा एमाले विजयी बनेको हो ।
वडा नम्बर १९ मा कुल ५०२५ मतदातामध्ये ३४८८ मत खसेको छ ।





















