काठमाडौं / गत वैशाख ३० गते ७५३ स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि लगातार मतगणना भइरहेको छ। एक महानगरसहित ७०५ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।
आइतबार बिहानसम्ममा मोरङको विराटनगर महानगरपालिकासहित देशभरका ७०५ स्थानको परिणाम सार्वजनिक भएको हो।
परिणामअनुसार ३०११ स्थान जितेर कांग्रेस पहिलो स्थानमा देखिएको छ। दोस्रोमा रहेको एमालेले १९०, माओवादी केन्द्रले १२० पालिका प्रमुख जितेको छ।
यस्तै जनता समाजवादी पार्टीले २८, नेकपा एकीकृत समाजवादीले १७ र लोकतान्त्रिक समाजवादी पार्टीले १० स्थानमा जित हात पारेको निर्वाचन आयोगले जनाएको छ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले १०, स्वतन्त्र उम्मेदवारले ९ स्थानमा जित हाँसिल गरको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनमोर्चाले र नागरिक उन्मुक्ति पार्टीले समान ४र४ पालिकामा जित निकाले छन्।
त्यस्तै जनमत पार्टीले २, मजदुर किसान पार्टी, तमलोपा, जनता प्रगतिशील पार्टीले र विवेकशील साझाले समान १र१ स्थानमा जित निकालेका छन्।
जारी मतगणनामा प्रमुखतर्फ कांग्रेस १४, एमाले १६, माओवादी २, जसपा ४, एकीकृत समाजवादी २, लोसपा ५ र अन्य दलले ५ स्थानमा अग्रता लिइरहेका छन्।





















