चितवनको इच्छाकामना गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी
सान्दार अनलाईन
बुधबार, जेठ ०४, २०७९
प्रकाशित
Advertisement
चितवन / चितवनको इच्छाकामना गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ ।
सत्ता गठबन्धनलाई पराजित गर्दै गाउँपालिका अध्यक्षमा एमालेका दानबहादुर गुरुङ विजयी भए । उनले ६ हजार ११० मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसकी गीताकुमारी गुरुङले चार हजार ६०८ मत प्राप्त गरिन्।
उपाध्यक्षमा पनि एमालेकै माया सिलवालले बाजी मारिन् । उनले पाँच हजार ३४४ मत ल्याईन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा मोआवादी केन्द्रका प्रताप गुरुङले पाँच हजार ४४ मत प्राप्त गरे ।