पत्रकारलाई दुर्व्यवहार गरेको भन्दै भरतपुर ७ का वडा सभापति ढकालप्रति महासंघको आपत्ति
पत्रकारलाई दुर्व्यवहार गरेको भन्दै भरतपुर ७ का वडा सभापति ढकालप्रति महासंघको आपत्ति
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु























भरतपुर / स्थानीय तह निर्वाचनसम्बन्धी समाचार संकलनका क्रममा दलका नेता कार्यकर्ताले पत्रकारमाथि गरेको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघ चितवन शाखाले गम्भीर ध्यानाकर्षण जनाएको छ।
आज भरतपुर महानगरपालिकाका मेयरका प्रत्यासीको तस्बिर र प्रतिक्रिया लिने क्रममा भरतपुर महानगरपालिकाको वडा नं. ७ स्थित राष्ट्रिय माध्यमिक विद्यालय मतदान केन्द्रमा खटिएका नेपाली कांग्रेसका वडा सभापति विनोद ढकालको नेतृत्वमा रहेको समूहले समाचार संकलनमा गएका पत्रकारहरूलाई सञ्चारसामग्री फुटाइदिन्छौँ भनेर धम्कीपूर्ण दुर्व्यवहार गरेका थिए।
पत्रकारलाई समाचार संकलनमा अवरोध गर्नुका साथै धम्कीपूर्ण भाषा प्रयोग गरेको भन्दै त्यसप्रति पत्रकार महासंघ चितवन शाखाले आपत्ति जनाउँदै गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमार्फत जनाएको हो।