चितवन / भरतपुर महानगरपालिकामा मेयर पदकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले निर्वाचन जित्ने निश्चित देखिएको छ। नेपाली कांग्रेस चितवनका उपसभापति राजीव न्यौपानेका अनुसार पाँच दलीय गठबन्धनको तर्फबाट मेयर पदकी उम्मेदवार दाहालले निर्वाचन जित्ने निश्चित भएको हो ।
दाहालसहितको गठबन्धनको सबै टीम भारी मतले विजयी हुने उनको आँकलन छ ।
उनले कांग्रेसको सबै पंक्ति चुनावमा खटिएको बताउँदै बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलको पक्षमा लागेका नेताहरु पनि घट्दै गएको दाबी गरे । भरतपुरमा रेनु दाहालसहितको टीम भारी मतले विजयी हुन्छ, न्यौपानेले घोषणा गर्दै भने, कांग्रेसको सबै पंक्ति चुनावमा खटिएको छ, अन्तर्घात होला भनेर नसोचे हुन्छ। सबैलाई राजनीति गर्नैपर्ने छ, पार्टीको निर्णय नमान्ने भन्ने हुँदैन ।
भरतपुर महानगरपालिका–१५ मंगलपुर, १० शिवनगर, गुञ्जनगर, शुक्रनगर लगायतका क्षेत्रका स्थानीयहरुले पनि चुनावमा रेनुलाई नै मत दिने घोषणा गरे ।विकास, निर्माण, भौतिक पुर्वाधारमा गरेको लगानीले चितवन अर्कै भएकोले यसपटक रेनुबाहेकलाई मत नदिने ठोकुवा गरे ।हाम्रो भोट यसपटक रेनुलाई जान्छ, बाहिर देखाएर हाल्नुपर्छ भने पनि तयार छौँ, यति विकास गर्ने मेयरलाई भोट दिएर जिताएर अर्को कार्यकाल काम गर्न पठाउँछौँ,उनीहरुले एकैस्वरमा भने, यो पटक पार्टी हेर्दैनौँ । हामी रेनुकै पक्षमा मत दिन सबैलाई आह्वान पनि गछौं ।
चितवनको भरतपुरमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाल एकातिर छन् भने अर्कातिर एमाले र राप्रपाको गठबन्धनबाट एमालेका विजय सुवेदी मेयरमा उठेका छन्।
भरतपुरका २९ वटै वडा घुमेपछि रेनुको पक्षमा माहोल उलिएको देखिन्छ । उनको पक्षमा स्थानीहरु दिल खोलेर चर्को घाममा पनि खटिएका छन् ।एमालेको गढमा पनि रेनुभरतपुरको ११, १२ वडा एमालेको गढ भएको दाबी गरेको छ ।
तर, त्यही गढमा पनि एमालेका विजय सुवेदीलाई मत नदिने रेनुलाई मत दिने स्थानीयले बताए ।





















