आदरणीय वडाबासी महानुभावहरु,
मैया नेपाली सम्पूर्ण टोलबासी महिलाहरुले रुचाएकी दलित महिला उमेदवार हुन् । विक्रम संवत् २०३७ साल चैत्र २५ गते ऐतिहासिक गोरखा जिल्लाको गोरखा न पा ३ घलाड्मा जन्मनु भएकी मैया नेपाली ‘मालबुल’को बिबाह सिरानचोक गाउँपालिका-४ छोप्राक मा भएको थियो ।
हाल उहाँ बसाइँसराइको क्रममा भरतपुर ११ चितवनको कैलास टोलमा बस्नुहुन्छ। सानैदेखि पढाइमा अब्बल उहाँ परिवारको राजनीतिक संस्कारबाट प्रभावित एवं पर्र्शिक्षित हुनुभयो।
उहाँको परिवारको २ जना सदस्यहरु गणतन्त्र प्राप्ति एवं समाज रुपान्तरणको लागि सशस्त्र द्वन्द्वमा सहिद हुनुभएको छ । गोरखा क्याम्पस गोरखाबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण मैयाले २०५२ देखि २०५९ सम्म सक्रिय विद्यार्थी राजनीतिमा आफूलाई उभ्याउनु भयो।
राजनीतिक चेतनाले लेस एवं सामाजिक भावनाले ओतप्रोत उहा हाल सृजनशील आमा समूहको संस्थापक अध्यक्ष एवं नव जागृति सामुदायिक वनको कार्यसमिति सदस्य हुनुहुन्छ ।
आम महिला एवं दलित समुदायको नेतृत्व गर्न सक्ने क्षमताका धनी तपाईं हाम्रै चेली मैया नेपाली ‘ मालबुल ‘ लाई गोलाकार भित्रको हसिँया र हतौडामा आफ्नो अमूल्य मत दिई दलित महिला सदस्य पदमा अत्याधिक मतले विजयी गराई दिनुहुन हार्दिक अपिल गर्दछौं।
मैया नेपाली ‘मालबुल’ जिताउ अभियान।






















