काठमाडौँ / प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रेनु दाहाललाई चितवन कांग्रेसले सघाउनुपर्ने बताएका छन् ।
बिहीबार भरतपुरमा भएको ५ दलीय गठबन्धनको सभालाई सम्बोधन गर्दै उनले आफ्नै साथीहरुको सहयोगमा रेनुलाई मेयर छाडेको बताएका हुन् ।
‘उहाँ आफैले जितिसक्नुभयो । जित्नुहु्न्छ । हामीले त्यसै आरोप लाउने,’ देउवाले भने । ‘राम्रो काम गर्ने मान्छेलाई हराए यहाँका मान्छेले के भन्लान्रु,’ रेनुलाई मत माग्दै देउवाले भने, ‘यस्तो काम गर्नेलाई त हामीले धन्यवाद भन्ने हो । त्यसैले सबैले उहाँलाई सहयोग गर्नुहोस् ।’
देउवाले भने, ‘स्मार्ट सिटीको कुरा उठाउनु भएको छ, अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने भन्नु भएको छ, यो सानो कुरा हो ? इन्टरनेसनल कन्फरेन्स हल बनाउने कुरा गर्नु भएको छ, यो सानो कुरा हो ? भरतपुरको टोल टोलमा सडक पिच गरेकोले काठमाडौँको भन्दा बढी जग्गाको भाउ बढेको उनले बताए ।





















