गैंडाकोट / नवलपुरमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। जिल्लाको हुप्सेकोट गाउँपालिका वडा नं. १ मा कांग्रेस र एमालेका कार्यकर्ताहरुबीच झडप भएको हो।
उक्त झडपको क्रममा दुवैतर्फका ६ जना घाइते भएका छन्। घाइते भएका ६ जनामध्ये ४ जनालाई टाउकोमा चोट लागेको हुनाले उपचारको लागि चितवनको भरतपुर ल्याईएको छ ।
चुनाव प्रचारमा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी देवी पाण्डेले प्रयोग गरेको गाडीसमेत तोडफोड भएको छ। उनी अहिले पनि कांग्रेसको तर्फबाट उम्मेदवार छिन्। एमालेबाट चेतबहादुर राना उम्मेदवार छन्।





















