काठमाडौं / सत्तारुढ दल पाँच दलले आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि तालमेलको मोडालिटी मंगलबार टुङ्ग्याउने भएका छन् ।
सोमबार बसेको पाँच दलीय गठबन्धनको उच्चस्तरीय बैठकले स्थानीय निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन संयुक्त अपिल गरेको छ ।
सोमबारको बैठकपछि सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार बेलुका ४ बजे बस्ने बैठकले मोडालिटीबारे टुङ्गो लगाउने जानकारी दिए ।
गठबन्धनभित्र मोडालिटीबारे विभिन्न प्रस्तावमाथि छलफल भएपनि नेताहरुबीच सहमति जुटेको छैन ।
नेताहरुका अनुसार खासगरी यसअघि काँग्रेस, माओवादीले जितेका स्थान उनीहरुलाई नै छोड्दै एमालेले जितेका स्थानमा भागबण्डा गर्ने प्रस्तावमा नेकपा एकीकृत समाजवादीले असहमति जनाएको छ ।





















