महोत्तरी / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रतिगमनकारीको विरुद्ध बनेको गठबन्धन कायम रहिरहने बताएका छन ।
महोत्तरीमा प्राविधिक शिक्षालयको उद्घाटन गर्दै आज (आइतबार) उनले यस्तो बताए। उनले देशभित्र तथा बाहिरका प्रतिक्रियावादीहरुले प्रतिगमनकारीको विरुद्ध बनेको गठबन्धनलाई भत्काउन खोजे पनि त्यो सफल नहुने बताए ।
उनले माओवादीले गरेका राम्रा कामको प्रचार गरेर स्थानीय तहको निर्वाचनमा घर घरमा जानुपर्नेमा समेत जोड दिए ।
माओवादीले स्थानीय सरकारबाट समाजमा विकासको आधार तयार गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले दावी गरे।





















