गोरखा / स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दे जिल्ला निर्वाचन कार्यालय गोरखाले मतदाता परिचयपत्र हराएका वा नष्ट भएकालाई परिचयपत्र पुन : बनाउन सकिनेगरी समय उपलब्ध गराएको छ।
मतदाता नामावलीमा नाम भएका मतदाताका परिचयनपत्र पुनः बनाउन चाहने ब्यक्तिले यही फागुन २० गते भित्र कार्यालयमा पुगी पक्रिया पूरा गर्न आग्रह गरिएको छ।
जिल्ला निर्वाचन अधिकारी टेकबहादुर कोईरालाका अनुसार परिचयपत्र हराएमा, च्यातिएमा वा नष्ट भएमा कार्यालय आएर निवेदन दिन सकिन्छ।
कार्यालयमा आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिस, नागरिकता, मतदाता परिचयपत्रमा उल्लेख भएको नम्बर ल्याउनुपर्नेछ।
उनले भने, ‘मतदानका बेला देखाउनु पर्ने मतदाता परिचयपत्र नहुँदा हुने झंकट तथा मतदान प्रक्रियाबाट संचित हुन नपरोस् भन्न् हाम्रो उदेश्य हो।’ मतदाता परिचयपत्र नबुझिने गरी च्यातिएको भए सोही परिचयपत्र पनि संगै लिएर आउन कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार माघ २४ गतेसम्म लगभग १७ हजार मतदाताको तस्बिर सहितको मतदाता नामावली सङ्कलन गरिएको जनाएको छ ।
यसअघि निर्वाचन घोषणाका दिन १८ वर्ष पूरा भएकाले मात्र मतदान गर्न पाउने प्रावधान थियो। तर, अहिले भने मतदानको अघिल्लो दिन अर्थात बैशाख २९ गतेसम्म १८ वर्ष उमेर पूरा भएकाले किशोर किशोरीले मतदान सक्ने गरी निर्वाचन आयोगले परिपत्र गरेको छ।
निर्वाचन आयोगले यसभन्दा अघि निर्वाचनको मिति घोषणा भएको दिनलाई कट अफ डेट तोक्ने परम्परालाई हटाउदै नयाँ ब्यवस्था गरेको हो।
जिल्लाका २ नगरपालिका र ९ गाउँपालिकाका सबै मतदातालाई जानकारीका लागि सूचना सार्वजनिक गरिएको उनले जनाए ।





















