चितवन / भरतपुर महानगरकी मेयर रेनु दाहालले भूमिहिनहरुलाई भूमिको मालिक बनाउन सबैभन्दा बढी चिन्तामा आफुलाई रहेको बताएकी छिन् ।
तपाइहरु जति आतुर हुनुहुन्छ, त्यो भन्दाबढी हामी आतुर छौँ । उनले भनिन्, हाम्रै पालामा हामीले नै लालपूर्जा दिन पाउदा तपाईहरु भन्दा हामी धेरै खुसी छौँ ।
राष्ट्रिय भुमि आयोग चितवनले लालपूर्जा वितरण प्रक्रियाका लागि आज भरतपुर महानगरको वडा नम्बर ११ को केबिलाईनमा सुरु गरेको नाप जाँच कार्यको उद्धघाटन गर्दै मेयर रेनुले भूमिहिनिलाई भूमिको मालिक बनाउने पहिलो दायित्व आफ्नो भएको स्पष्ट पारिन् ।





















