चोटै चोटले च्यात्तेको मन,आशै आशले सिएकी छु।
नियतले ठग्नु ठग्यो तेहि पनि,अझै जिएकिछु।
हराभरा संसार मेरो,पलमै आज उजाड हुदा,
पानी संझिआशुहरु सुस्कायर पियकिछु।
तिम्रै यादलाई साथी बनाई,संसार बिर्सि बाचेकी छु।
दुईटा फुल तिम्रा मेरा तिन्लाई हेरी हासेकी छु।
तिमी काहाँ गयौ कहाँ पुग्यौं थाहा छैन।
जो सुकैले नदेखे पनि हृदयमा साचेकी छु।
निरु बास्तोला , भरतपुर ११ चितवन





















