काठमाडौँ / सरकारले आगामी माघ ७ गतेदेखि सार्वजनिक स्थानमा हिँड्डुल गर्दा खोप कार्ड अनिवार्य गर्ने निर्णय गरेको छ ।
गृह मन्त्रालयमा मंगलबार बसेको गृहमन्त्री बालकृष्ण खाँण संयोजकत्वको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकमा लक्षित वर्गलाई कोभिड–१९ विरुद्ध बुस्टर डोज कसरी पुर्याउने विषयमा पनि छलफल भएको थियो । बैठकले कोरोना संकट नियन्त्रणका लागि विभिन्न विषयमाथि छलफल गरी कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरुलाई सिफारिस गर्ने निर्णय गरेको छ ।





















