चितवन / चितवनको गौरव र गरिमामय प्रस्तुती १३ औँ संस्करणको चितवन महोत्सव आजदेखि सुरु भएको छ ।
एक भव्य समारोहका विच महोत्सवको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले गरेका छन् । कोरोना कहरका विच उच्च स्वास्चय सर्तकता अपनाउदै उद्योग वाणिज्य संघ चितवनको आयोजनामा सुरु महोत्सवमा स्थानीय उत्पादनको बजारिकरणमा जोड दिँदै यसपटक महलाई जोड दिएको छ ।
सो अवसरमा बोल्दै मुख्यमन्त्री पाण्डेलले मेला महोत्सवमा विदेशमा उत्पादित वस्तु ल्याएर बेच्ने माध्यम नबनाउन समेत आग्रह गरे । उनले नेपालमा सीप युक्त नागरिकको आवश्यक रहेको भन्दै दक्ष जनशक्ति उत्पादन गर्न प्रदेश सरकारले तीन महिने प्राविधिक शिक्षा दिन लागेको बताए ।
यस्तै महोत्सवको उद्धघाटन शत्रमा शुभकामना दिदै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले चितवनको विकासमा चितवन महोत्सव एउटा हिस्सा बनेको बताउदै स्थानिय व्यवसायी प्रर्वद्धनमा लाग्न आग्रह गरिन् ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रभण्डारीले चितवनको सरकारको निति नियमका कारण उद्योगहरु सञ्चालन गर्न कठिन भएको भन्दै निती नियममा सहजीकरण गरिदिन आग्रह गरे।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले चितवनको समग्र आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण गर्नु चितवन महोत्सव प्रमुख उद्देश्य रहेको बताए ।
महोत्सवमा ३५० वटा स्टल रहेको बताउदै उवासंघ चितवनका बरिष्ठ उयपाध्यक्ष चुन नारायण श्रेष्ठले एकै प्रकृतिका वस्तु तथा उत्पादनका लागि छुट्टाछुट्टै परिसर तोकिएको जानकारी दिए। स्थानीय उत्पादनको बजारिकरणमा यसपाली महलाई जोड दिइएको छ । महोत्सव परिसरमा मौरीको डमी पनि प्रदर्शन गरिने उनले जानकारी दिए ।
कोभिडको सुरक्षाका लागि टिकटसँगै मास्क वितरण तथा स्यानीटाइजर उपलब्ध गराएको महोत्सव प्रर्वद्धन समितिका संयोजक सुमनकुमार श्रेष्ठले बताए ।
यस्तै उनलेल मास्क लगाएको नलगाएको अनुगमन पनि हुने भन्दै ढुक्क भएर महोत्सव अवलोकन गर्न अनुरोध पनि गरे ।
यस पटकको महोत्सवमा कृषि, अटो, मेड इन नेपाल, इलेक्ट्रोनिक र आईटीका छुट्टै छुट्टै परिसर र मौरीको डमीले सबैको ध्यान तानेको छ ।
महोत्सवमा बगैँचा, कृषि परिसर, पोल्ट्री परिसर, बाल उद्यान, गार्मेन्ट सामग्री सहित रहेका छन् ।
महोत्सवमा चारवटा विशेष र डोमसहित रहेका ३५० वटा स्टल सबै स्टलको बीमा गरिएको छ । महोत्सव अवलोकन गर्न सर्वसाधारणले रु ५० र विद्यार्थीले रु २५ को टिकट काट्नुपर्नेछ । ज्येष्ठ नागरिक, एकल महिला, शहीद परिवार र अपाङ्गता भएका व्यक्तिको लागि निःशुल्क प्रवेशको व्यवस्था छ ।
महोत्सव अवधिभर विभिन्न छ वटा विधामा गोष्ठी तथा अन्तरक्रिया हुने चितवन महोत्सवका गोष्ठी संयोजक राजेन्द्र ओलीले जानकारी दिए ।
चितवन महोत्सवको अवसरमा पुस २७ गते कृषि सम्बन्धी, पुस २८ गते उर्जा सम्बन्धी, पुस २९ गते पोल्ट्री सम्बन्धी, ३० गते पर्यटन सम्बन्धी, माघ २ गते कविता प्रतियोगिता तथा साहित्यिक र माघ ३ गते महिला उद्यमी सम्बन्धी गोष्ठी हुने ओलीले बताए ।
गोष्ठी संयोजक ओलीकाअनुसार उद्योग वाणिज्य संघ चितवनको सभाहलमा बिहान ११ बजेदेखि गोष्ठी सुरु हुनेछ । गोष्ठीका क्रममा विषय विज्ञहरुबाट कार्यपत्र प्रस्तुत गरिनुका साथै छलफल र अन्तरक्रिया हुनेछ ।
महोत्सवको प्रवद्र्धकमा भरतपुर महानगरपालिका र जिल्ला समन्वयन समिति रहेका छन् । यसअघि २०७५ सालमा १२ औं संस्करणको महोत्सव भएको थियो ।
महोत्सव उद्घाटनअघि विभिन्न जनजातीहरु सहितको झाँकी ¥याली निकालिएको थियो । ¥याली महोत्सव परिसरबाट निस्केर पोखरा बसपार्क हुँदै पुतलीबजार हुँदै, शहीद चोक, लायन्सचोक, पुल्चोक हुँदै पुनः महोत्सव परिसरमा पुगेको थियो ।
उद्घाटन कार्यक्रममा प्रतिनिधि सभा सांसद कृष्णभक्त पोख्रेल, उद्योग संघ चितवनका अध्यक्ष त्रिलोचन कंडेल, जिल्लाका राजनीतिक दलका प्रतिनिधि, उद्योगी व्यवसायीहरुले शुभकामना दिएका थिए ।





















