चितवन / माडीको चर्चित धार्मिक क्षेत्र सोमेश्वर गढीमा शनिबार प्रेस सेन्टर नेपाल, चितवन माडी नगर कमिटीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
प्रेस सेन्टर नेपाल माडी नगर कमिटीले आयोजना गरेको उक्त अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य एबम नेकपा माओवादी केन्द्रका बागमती प्रदेश सदस्य नेता रामलाल महतो रहेकोमा विशिष्ट अतिथि माडि नगरपालिकाको मेयर ठाकुर ढकाल , अतिथिहरुमा प्रेस सेन्टरको बागमति प्रदेश सचिव सन्तोस देवकोटा , प्रेस सेन्टर नेपालको जिल्ला समन्वय समिति चितवनका अध्यक्ष सूर्य पाठक , प्रेस सेन्टर नेपालको जिल्ला समन्वय समिति चितवनका सह सचिव नबिन बाबु मरहट्टा लगायत विभिन्न वडाका नेताहरु रहनु भएको थियो ।

संचारसंगै समृद्ध माडी निर्माणमा संचारकर्मीको भुमिका विषयकमा गरिएको अन्तरक्रिया कार्यक्रममा स्थानीय जनप्रतिनिधि सहित राजनीतिक ब्यक्तित्व र जिल्लास्तरका पत्रकारहरुको सहभागीता रहेको थियो ।
खासगरी कार्यक्रममा पत्रकारहरुका हक हित अधिकारसंगै समृद्ध माडी निर्माणमा आगामी दिनमा संचारकर्मीहरुले खेल्नुपर्ने भुमिका र स्थानीय निकाय एबम जनप्रतिनिधिहरुले बहन गर्नुपर्ने दायित्व सहित उत्थान गरिएको थियो ।
कार्यक्रममा प्रेस सेन्टर नेपालको जिल्ला समन्वय समिति का अध्यक्ष सूर्य पाठकले प्रेस सेन्टर नेपालको हक हितका लागि अघि बढ्रने बताएका थिए ।

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथिका रूपमा रहेका बागमती प्रदेश सभा सदस्य एबम नेकपा माओवादी केन्द्रका नेता महतोले देशको बिकासमा मिडियाले खेलेको भुमिकासंगै बिकास निर्माणका लागि बिनियोजन भएका रकम र यसको पारितसंगै पारदर्शीता र कार्यान्वयनमा संचार जगतले खेलेको भुमिका माथी प्रकाश पारेका थिए ।
अन्य थप विषयबस्तुमा अझ धेरै छलफल गर्नुपर्ने योजना बनाएको थिए । यी सबै योजना प्रेस सेन्टर माडीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा समाबेश गर्न पाएको भन्नेमा नेता महतोको भनाइ थियो । यसैगरी कार्यक्रममा बिशिष्ट अतिथिको रूपमा रहेका माडीका नगर प्रमुख ठाकुर प्रसाद ढकालले माडीको संचार क्षेत्रको बिकासमा नगरपालिकाले महत्वपुर्ण भुमिका खेल्दै आएको बताए ।
तर केही पत्रकारहरुले समाचार लेख्ने क्रममा पक्षपात गरेको आरोप लगाए । बास्तबिकता नबुझी समाचार लेख्ने परिबृती गलत भएको जिकिर गर्दै, ढकालले त्यस्ता समाचारले हलचल ल्याएतापनि समुन्नत बिकासमा दिगोपना नल्याउने र उल्टै आलोचना सिर्जना हुने बताए ।
यसैगरी कार्यक्रममा सहभागी बक्ताहरुले पत्रकारहरुका हक हित अधिकारका विषयकमा वकालत गर्दै सत्यतथ्य सुचना सम्प्रेषणसंगै शिक्षा, उत्पेरणा र जवाफदेहिताको खोजीसंगै नगर बिकासमा योगदान दिनुपर्ने उनीहरुको बुझाइ थियो ।
यसैगरी प्रेस सेन्टर नेपाल, चितवन माडी नगर कमिटीकी अध्यक्ष अपेक्षा चौधरीको अध्यक्षतामा भएको सो कार्यक्रममा सहजीकरण पत्रकार अजित अधिकारीले गरेका थिए ।
समापनमा बोल्दै, अध्यक्ष महतोले माडीमा सार्बजनिक जमीनको खोजी गरी प्रेस सेन्टर नेपाल माडीको भवन निर्माण गर्नुपर्ने र आगामी दिनहरुमा पत्रकारहरुका हकहित र अधिकारसंगै नयाँ उर्जाशिल तालिम दिनुपर्ने र संचारको बिकासमा अझ स्थानीय निकायले ध्यान दिनुपर्ने उनको सुझाब थियो ।
कार्यक्रमको स्वागत मन्तव्य बागमती प्रदेश सदस्य तथा माडी नगर कमिटीका इन्र्चाज गोविन्द न्यौपानेले गरेका थिए ।





















