चितवन / रत्ननगर नगरपालिका काे १४ नम्बर वडाका युवा उद्धमीहरुले नगद अनुदान प्राप्त गरेका छन् ।
साना उद्धमी युवाहरुलाई लक्ष्यित गरि ०७८ / ७९काे वजेटवाट नगरकाे नवाैँ अधिवेशन वाटअनुदान स्वीकृत भै छनाैटमा परेका वडाका १० युवा व्यवसायी हरुलाई युवा उद्धम विकास अनुदान अन्तर्गत नगद एक लाख बाडिएकाे १४ नम्बर वडाका वडा अध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिनुभयाे ।
वडाका सदस्यहरु , वडा सचिव , नगरपालिका का प्राविधिक तथा पत्रकार काे उपस्थितिमा नगद अनुदान वितरण गर्दै अध्यक्ष हरिकुमार श्रेष्ठले भन्नुभयो “थाेरै भए पनि तपाईं हरुलाई नगद अनुदान उपलब्ध गराउन सफल भएका छाैँ ।यसलाई बिऊ पूँजी ठानेर लगानी गर्नुहुने छ र यसकाे दुरुपयोग हुनेछैन भने छैन भन्ने विश्वास लिएको छु ।”
अनुदान प्राप्ति पछि खुशी व्यक्त गर्दै रेम्वाे कटेज तथा रेष्टुरेन्ट का सन्चालक शुष्मा पाण्डेले थाेरै भए पनि आर्थिक सहयाेग उपलब्ध गराउनुभएकाेमा वडा कार्यलयलाई धन्यवाद दिदै यसलाई सक्दाे सदुपयोग गरिने वताउनुभयाे ।
स्थानीय युवाहरुलाई पेशा व्यवसाय मा आकर्षित गरि स्वराेजगारमा प्रवर्द्धन गर्ने र यसकाे माध्यमवाट आय आर्जनमा सहयाेग पुर्याउने उद्धेश्यले यस्ता सहयोगी कार्यक्रम काे व्यवस्था गरिएको वडा अध्यक्ष हरि कुमार श्रेष्ठले जानकारी दिनुभयाे ।






















