चितवन / नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) भरतपुर महानगरपालिकाको प्रथम महानगर सम्मेलन सम्पन्न भएको छ ।
शनिबार भरतपुरमा भएको सम्मेलनमा ईश्वर सापकोटा(सुमन )को अध्यक्षतामा ९९ सदस्यीय कमिटी गठन भएको छ ।
कमिटीको उपाध्यक्षमा टन्क न्यौपाने, सुरेन्द्र गुरुङ र महिला उपाध्यक्षमा पबित्रा रिजाल, सचीवमा निशा न्यौपाने, सह सचीवमा प्रकाश कंडेल र कोषाध्यक्षमा हरिश चन्द्र सुबेदी चयन भएको भरतपुर ११ का अध्यक्ष प्रकाश देवकोटा ले जानकारी दिए ।





















