चितवन / प्रेस सेन्टर नेपाल चितवनको पाँचौ जिल्ला अधिवेशन जिल्ला समन्वय समितिको सभाहल भरतपुरमा सम्पन्न भएको छ।
सेन्टरका अध्यक्ष प्रकाशमणि ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका जिल्ला ईन्चार्ज ईश्वरी भट्टराई, विशिष्ट अतिथिहरु सह- ईन्चार्ज घनश्याम दाहाल अविनाश, प्रेस सेन्टरका केन्द्रीय कोषाध्यक्ष सुरेशचन्द्र अधिकारी , वाग्मती प्रदेश ईन्चार्ज लक्ष्मण खड्का, प्रेस सेन्टर जिल्ला फ्रयाक्सन ईन्चार्ज रामचन्द्र अधिकारीको उपस्थिति थियोे ।
बागमती प्रदेश अध्यक्ष सुनिल खड्का , नेपाल पत्रकार महासंघ अध्यक्ष नारायण प्रसाद अधिकारी , प्रेस चौतारी सह अध्यक्ष कृष्ण आचार्य , प्रेस युनियन अध्यक्ष अनिल ढकाल, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष प्रेम कडेल, जनपत्रकार संगठनका उपाध्यक्ष सूर्य बराल र प्रेस सेन्टर नवलपुरका जिल्ला अध्यक्ष भूमिश्वर शर्माले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
फूलको गमलामा पानी हालेर उद्घाटन गरेको कार्यक्रममा स्वागत सुमन गैरेले गरेका थिए। जिल्लाका उल्लेख्य पत्रकारहरुको सहभागीता रहेको कार्यक्रममा प्रेस सेन्टरका केन्द्रीय कोषाध्यक्ष सुरेशचन्द्र अधिकारी लगायत शान्ता अधिकारी, चिन्तामणि पौडेल,वीर बहादुर सिंजाली, गोपाल परियार, अमरदेव प्रधानलाई सम्मान पत्रसहित सम्मानित गरिएको थियोे।
प्रेस सेन्टर चितवन शाखाको पाँचौ जिल्ला अधिवेशनले जिल्ला समवन्य समिति र ४ पालिकाको नयाँ नेतृत्व चयन गरेको छ ।
भरतपुरमा मंगलबार भएको अधिवेशनले जिल्ला समवन्य समितिको अध्यक्षमा सूर्य पाठक, उपाध्यक्षमा राजेन्द्र आचार्य, सुजिता हमाल चयन गरेको छ । यस्तै सचिवमा रवि अधिकारी, सह–सचिवमा नबिन बाबु मरहट्टा, हिरालाल गुरुङ कोषाध्यक्षमा किशोर सापकोटा,सदस्यहरुमा हरि उप्रेती भुवन, शोभा पुडाशैनी, दुर्गा दाहाल, विवेक पोखरेल र सन्तोष विक चयन हनु भएको हो ।
यस्तै भरतपुर महानगरको अध्यक्षमा अजिता अधिकारी, उपाध्यक्षमा सुरेन कुँवर र सचिवमा अनिल भट्टराई चयन हुनु भएको छ । कोषाध्यक्षमा सुनिल पराजुली, सदस्यहरुमा सुमन सुवेदी, सुचना गुरुङ, आयुष न्यौपाने, अजय गोरखाली, मनिष अधिकारी, प्रमिता भण्डारी र विशाल अम्गाई चयन हुनु भएको हो ।
यस्तै माडीको अध्यक्षमा सरिता महतो अपेक्षा, सचिवमा अजित अधिकारी, कोषाध्यक्षमा सृजा थापा चयन हुनु भएको छ । त्यस्तै सदस्यहरुमा प्रविन भण्डारी, प्रिती पोखरेल, बलराम पाठक, शर्मिला लामिछाने, प्रविन सुवेदी, अशोक परियार, पार्वती अर्याल, शिला पाठक, विजय विश्वकर्मा, पुष्पा पौडेल, नारायण दुवे र सुर्यमान शाह चयन हुनु भएको छ ।
यसअघि पर्वी चितवनको रत्ननगर नगरपालिका र राप्तीमा पालिका स्तरीय समिति गठन भईसकेको छ ।
दुई वर्षे कार्यकाल रहने नयाँ नेतृत्व पहिलो पटक संघिय संरचना अनुसार गठन गरिएको हो ।






















