चितवन / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माडीको अयोध्यास्थित राम मन्दिरमा पुगेर पूजापाठ गरेका छन् ।
पार्टीका विभिन्न कार्यक्रमका लागि चितवन आएको एमाले अध्यक्ष ओलीले आज माडी पुगेर माडी नगरपालिका–९ को अयोध्याधाममा रहेको राम मन्दिरमा पुगेर पूजा गरेका हुन् ।
माडी जाँदा उनले रिउ खोलाको बाढीले पु¥याएको क्षतिको बारेमा पनि अवलोकन गरेका थिए भने माडी नगरापालिका–८ कान्तिपुरको सामूहिक खेतीको पनि अवलोकन गरे ।
पूजापछि माडीको अयोध्याधामा आयोजित जनसभालाई ओलीले सम्बोधन गर्दै छन् ।





















