काठमाडौं / अर्थ मन्त्रालयले एकभन्दा बढी सवारी साधन उपलब्ध नगराइने भएको छ। ०७८/७९ मा सार्वजनिक खर्चलाई मितव्ययी बनाउन अर्थ मन्त्रालयले एकभन्दा बढी सवारी साधन उपलब्ध नगराइने भएको हो।
मापदण्ड अनुसार सरकारले तोकेको अवस्थामा बाहेक मन्त्रालय निकाय वा अन्तर्गत भएका सवारी साधनको संख्या र प्रयोगको अवस्था सहितको अध्यावधिक अभिलेख समेत राख्नु पर्ने भएको छ।
त्यस्तै, सार्वजनिक बिदाको दिन उपत्यकाभित्र सम्बन्धित निकायको सचिव वा प्रमुख जिल्ला अधिकारी र उपत्यका बाहिर सम्बिन्धत जिल्लाको प्रमुख जिल्ला अधिकारीको अनुमति विना सवारी साधन चलाउन पाइने छैन।
नेपाल सरकारको स्रोत, वैदेशिक अनुदान तथा ऋणबाट स्वास्थ्य सेवा सञ्चालन र निर्वाचन प्रयोजनबाहेक अन्य अवस्थामा चार पाङ्ग्रे सवारी साधन खरीद नगरिने समेत अर्थले जनाएको छ।





















