चितवन / चितवनको भरतपुर अस्पतालमा अब गर्भवती महिलाले स्वास्थ्य जाँचको लागि टिकट काट्न नपर्ने भएको छ ।
भरतपुर अस्पतालले सुचना जारी गर्दै स्वास्थ्य बिमा बाहेकका गर्भवती महिलाहरुको एएनसी (प्रसवपूर्व हेरचाह) चेक जाँचको लागि टिकट काट्न नपर्ने जनाएको छ ।
अस्पतालका निमित्त मेसु प्राडा कृष्णप्रसाद पौडेलले गर्भवती महिलाहरुले एएनसी जाँचलाई टिकट नकाटी सीधै कोठा नं ५ मा गएर जाँच गर्न सक्ने जानकारी दिए ।
उनले भने, ‘गर्भवती महिलाले टिकट काट्नको लागि लाइन बस्न पर्ने झन्झट परेन । अस्पतालभित्र प्रवेश गरेपछि गर्भवती महिलाहरुले कोठा नं ५ मा गएर स्वास्थ्य जाँच गराउन सक्ने भए ।’





















