पूर्वराजा ज्ञानेन्द्र शाहले दसैंको अवसरमा जारी गरेको राजतन्त्रवादी भिडिओ सन्देशप्रति पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आपत्ति जनाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार्न भनेका छन्।
शाहले मंगलबार भिडिओ सन्देशमार्फत प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्थाबिनाको प्रजातन्त्र हाम्रोजस्तो मुलुकमा सान्दर्भिक हुन नसक्ने अभिव्यक्ति दिएका छन्।
त्यसैको जवाफमा सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. भट्टराईले सामाजिक सञ्जालमा भनेका छन्,‘राजसंस्थाविनाको प्रजातन्त्र टिक्दैन भन्नु जनतालाई तातो बरफ वा सिंगसहितको खरायो खोज्न लगाउनु जस्तै भ्रमको खेतीगर्नु र देशलाई पुनःद्वन्दमा धकेल्नु मात्रै हो।’
भट्टराई शाहलाई सुझाव दिँदै भन्छन्,‘पूर्व राजालाई देश र जनताप्रति अलिकति पनि जिम्मेवारीवोध छ भने चुपचाप संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकारेर बस्नु वेश हुनेछ।’





















