काठमाडौं / सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका छन् । आइतबार पनि संसद् बैठकमा अवरोध नहटेपछि सभामुखले सर्वदलीय बैठक बोलाएका हुन्।
आज पनि विपक्षी दलको सांसद्हरुसँग सभामुखले छलफल गरेका थिए ।
तर कुनै सहमति हुन सकेन । आफूले कारवाही गरेका १४ सांसद्लाइ पदमुक्त नगरेको भन्दै एमालेले बैठक अवरुद्ध गर्दे आएको छ । सापकोटाले सोमबारका लागि बैठक बोलाएको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए ।
बैठक भोलि दिउँसो साढे २ बजे बस्ने बताइएको छ । सैबीच गृहमन्त्री खाँणले सरकार प्रतिपक्षी दलसँग वार्ता र छलफलबाट समस्याको निकास खोज्न तयार रहेको प्रतिक्रिया दिएका छन् ।





















