काठमाडौं / सरकारले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा भौतिक रुपमै सञ्चालन गर्ने भएको छ।
साउन मसान्तदेखि सुरु हुने परीक्षा सुरक्षका मापदण्ड पालना गर्दै भौतिक रुपमै सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
विद्यार्थीको भौतिक उपस्थितीमा परीक्षा संचालन हुने र विगतको जस्तै १०० पूर्णाङ्कको लिखित परीक्षा लिइने बोर्डले जनाएको छ।
केही दिनमै बोर्डको बैठक बसेर परीक्षाको कार्यतालिका सार्वजनिक गर्ने जनाइएको छ।
कोरोना संक्रमण बढेपछि गत जेठ २६ गतेबाट सुरु गर्ने योजना रहेको कक्षा १२ को अन्तिम परीक्षा सरकारले रोक्ने निर्णय गरेको थियो।





















