काठमाडौँ / नेकपा माओवादी केन्द्रले पार्टीसँग कुनै पनि सरोकार नराख्ने व्यक्तिले निर्वाचन आओगमा दल दर्ता खारेजी सम्बन्धमा निवेदन दर्ता गराएको भन्दै त्यसलाई हास्यास्पद भनेको छ ।
माओवादीले शुक्रबार विज्ञप्ति जारी गर्दै सामान्य कानूनी प्रक्रिया समेत जानकारी नभएको व्यक्तिले गरेको हरकत हास्यास्पद भएको जनाएको छ ।
केही अवसरवादी, स्वार्थी, लालची, अनैतिक तत्वले यस प्रकारको दुष्प्रचार गरी पार्टीलाई बदनाम गराउने मनशायले उक्त कार्य गरेको ठहर गरिएको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
‘हाम्रो पार्टीसँग कुनै पनि सरोकार नराख्ने व्यक्ति निवेदन रहेको र दल दर्ता र दल खारेजी सम्बन्धी सामान्य कानूनी प्रक्रिया समेत जानकारी नभएको व्यक्तिले यस्तो हरकत गर्नु हास्यास्पद देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘केही अवसरवादी, स्वार्थी, लालची, अनैतिक तत्वले यस प्रकारको दुष्प्रचार गरी पार्टीलाई बदनाम गराउन सकिन्छ भन्ने मनशायले उक्त कार्य गर्न गराउन प्रयत्न गरेको देखिन्छ ।’






















