चितवन / भरतपुर महानगरपालिका २९ को वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले वडा कार्यालयको भवनको उद्घाटन गरेकी हुन् । गतभदौ २० गते सिलान्यास गरिएको सो भवनको १० महिना भित्रै निर्माण सम्पन्न गरेर भवन उद्घाटन गरिएको वडा अध्यक्ष मनबहादुर मगरले बताए । भ्याट सहित ५५ लाख ६ हजार १ सय ३८ रुपैया लागतमा भवन निर्माण गरिएको उनको भनाइ छ ।
मेयर दाहालले आफनो वडाको बिकासका लागी धेरै कामहरु गर्नु भएको र आगामी दिनमा पनि केहि अधुरा योजनाहरु पुरा गर्न थप सहयोग गर्ने बचन दिनुभएको मगरले बताए । आफुहरुकोमा बाटो घाटो खानीपानी र सिचाई लगायतको समस्या रहेको बताउँदै उनले महानगरसँग २९ नम्वर वडाका लागी जेसिबिको माग समेत गरे ।
भरतपुर महानगरको सबै भन्दा ठुलो बडा भएपनि यो वडामा जम्मा ७ हजार जनसंख्या रहेको छ । ६ जना कर्मचारी मार्फत काम भईरहेको छ ।






















