चितवन/ नारायणगढ–मुग्लिन सडक खण्ड पुनः अबरुद्ध भएको छ।
सो सडक खण्डका केराबारीमा आज दिउँसो पहिरो खस्दा सडक पुनः अबरुद्ध भएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान खसेको पहिरो बिहान ११ वजे पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको थियो।
पुनः पहिरो खसे पछि सडक अपराह्न ३ ः १५वजेदेखि अबरुद्ध भएको हो।
पूर्वी चितवनमा पहिराले दुईको मृत्यु , तीन बेपत्ता ,पूर्वी चितवनको राप्ती र कालिका नगरपालिकामा पहिरोले बगाएर दुई जनाको मृत्यु र तीन जना बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार राप्ती– १२ को पर्खाल भन्ने स्थानमा माथिबाट पहिरो खस्दा दुई घर बगाउँदा घर भित्र रहेका चार जनालाई पहिरोले बगाएको थियो।
ती मध्ये एक जना पुरुषको शव घटना स्थलबाट ५० मीटर तल फेला परेको प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए। मृतकको सनाखत हुन सकेको छैन।
हराएकाको खोजी भइरहेको प्रहरीले जनाएको छ। यसैगरी कालिका नगरपालिका– ११ दानेटारका ५२ वर्षीय ज्ञानबहादुर चेपाङको पहिरोले बगाएर मृत्यु भएको छ।
आफन्तकहाँ जाने क्रममा उनलाई पहिरोले बगाएको जनाइएको छ। रासस
फाइल फोटो





















