चितवन / कोभिड–१९ महामारीको समयमा रगतको अभाव हुन नदिन वाइसियल नेपाल भरतपुर ११ र अखिल क्रान्तिकारी चितवनले संयुक्त आयोजनामा रक्तदान कार्यक्रम संचालन गरेको छ ।

शनिवार भरतपुर महानगरपालिका वडा न. ११ स्थित यूटेक कलेज परिसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । वाइसियल नेपाल भरतपुर ११ का अध्यक्ष विकास श्रेष्ठ को अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्र चितवनका अध्यक्ष एम बहादुर परियारले रक्तदान कार्यक्रमको उद्धाटन गरेका थिए ।

सो अवसरमा अध्यक्ष परियारले महामारिको क्रममा बिरामीको उपचारका लागि रगतको अभाव नहोस् भनेर यूवा तथा विद्यार्थी संगठनहरूलाई रक्तदानका साथै मानविय सेवामा केन्द्रित हुन आह्वान गरिएको बताए । कार्यक्रममा पूर्व वासियल अध्यक्ष सन्देश अधिकारी , सचिव जागेश्वर आचार्य लगायत भरतपुर ११ का युवाहरु र जिल्लाका विभिन्न पदमा रहेका नेता ज्यूहरुको उपस्थिति थियो ।
यस अघि वाईसियल चितवन र अखिल क्रान्तीकारी चितवनले वडा न १ को राममनगरमा समेत रक्तदान कार्यक्रम सम्पन्न गरेको र यस विषम् परिस्थिमा रक्तदान लगायतका मानविय सहयोगका कार्यक्रमहरूलाई निरन्तरता दिने वाईसियल चितवनका अध्यक्ष मधु न्यौपाने जानकारी दिए।
गणतन्त्र दिवसको अवसर पारेर गरिएको रक्तदान कार्यक्रममा ६१ जनाले रक्तदान गरेका थिए ।























