काठमाडौँ / सांसद नरहेका ७ जना मन्त्रीलाई मन्त्रीको हैसियतमा काम गर्न रोक लगाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले यस्तो आदेश दिएको हो ।
रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी, मणि थापा र दावा लामा सांसद नभए पनि मन्त्री रहेका छन् ।





















