काठमाडौं / सत्तारुढ नेकपा (एमाले)को माधव नेपाल समूहले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने निष्कर्ष निकालेको छ ।
मंगलबार बानेश्वरमा माधव नेपाल पक्षीय सांसदहरुको अनौपचारिक छलफलमा नेताहरुले व्यक्तिगत रुपमा स्पष्टिकरण सोधेकाले सवै नेताहरुले समयसीमा भित्रै स्पष्टीकरण बुझाउने निश्कर्ष निकालेका हुन् । स्पष्टिकरण दिदा समेत कारबाही गरेमा कानुनी र राजनीतिक लडाइ लड्ने निर्णय गरेको छ ।
छलफलपछि नेत्री रामकुमारी झाँक्रीले आफुहरु पार्टी विभाजनको पक्षमा नरहेको भन्दै स्पष्टिकरण दिने बताइन् । ‘हामी विभाजनका पक्षधर होइनौ । त्यसैले स्पष्टीकरण दिन्छौ’, झाँक्रीले भनिन्, ‘पार्टीले कारवाही गरेमा कानूनी र राजनीति लडाईंसंगै लड्छौं ।’
उनले पार्टी विभाजनको पक्षमा ओली आफै उद्धत रहेको सबै अधिकार आफुमा राखेर निरङ्कुश बनेको र त्यसकै शिलशिलामा २७ जनालाई स्पष्टीकरण सोधेको बताइन ।





















