काठमाडौं / नेकपा एमाले अुनशासन आयोगका अध्यक्ष अमृत बोहोराले सोमबार बोलाएको एमालेको केन्द्रीय महाधिवेशन आयोजक कमिटी बैठक स्थगित गर्न अग्रह गरेको छ । नेपाल समूहका नेता समेत रहेका बोहोराले आइतबार विशेष ध्यानाकर्षण पत्र जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।
‘अहिले बिग्रिरहेको स्थितिलाई सुधार गर्न विविध उपायहरु खोज्नुपर्नेमा उल्टै २०७८ बैशाख ६ गते आयोजक कमिटीको बैठक भनेर स्थितिलाई थप असहज बनाउने काम गरिँदैछ । यसलाई तत्काल रोक्नुपर्दछ ।’, बोहोराले भनेका छन् । बोहोराले भनेका छन् ।
उनले पार्टीलाई पुनः एकताबद्ध बनाउन एउटा पक्षमात्र सामेल भएर गरेको २०७७ फागुन २८ गतेको एकतर्फी निर्णयलाई विनाशर्त फिर्ता गरी विधिविपरित कमिटीमा थप गर्ने र हटाउने गरी भएका सवै निर्णय सच्याऊ भनेका छन् ।

नेपाल समूहले देशभर समानान्तर कमिटी गठन गरेको अवस्थामा एमाले अध्यक्ष केपी ओलीले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजक कमिटीको बैठक राखेका छन् । फागुन २८ गत ओली समूहले गरेको एकतर्फी निर्णय खारेज नभएसम्म समानान्तर कमिटी कायमै माधव समूहले निर्णय गरेको छ ।





















