बिगतका पल सम्झिँदा नि छाती पोलिरहन्छ ।
कसैलाई मन पेट नदिँदा नि छाती पोलिरहन्छ ।।
नभन मेरो पोलेको छातिलाई सिरानी बनाउँछु ।
तिमी मेरै नजिक उभिँदा नि छाती पोलिरहन्छ ।।
हजारौं गल्ती गर्दा पनि ढाकेर, छोपेर गल्ती गरेछु।
दिनै नहुने मान्छेलाई तन, मन दिएर गल्ती गरेछु।।
जसले गर्दा मन बुझाउने ठाउँ अलिकति पनि छैन, ।
हो, उहि मान्छेलाई यो शिरमा राखेर गल्ती गरेछु।।
बगायौ, बगाएनौ आँसुको खोली थाहा भएन ।
खेल्यौ पनि होला, रगतको होली थाहा भएन ।।
एकचोटि तिमीलाई देख्न नपाई बेहोस भएछु ।
त्यसपछि खुल्यो, खुलेन बोली थाहा भएन।।
राधा भुजेल
भरतपुर, चितवन





















