चितवन / तारापुञ्ज रिसोर्ट प्रा.लि.को आज प्रथम साधारण सभा सम्पन्न भएको छ । बागमती प्रदेशका भुमि ब्यबस्था कृषी तथा सहकारी मन्त्री दाबा दोर्जे लामाले सरकार बिकाश निर्माणको काममा अगाडी बढिरहेकाले बिकाश लाई सफल बनाउन सबैको सहयोग आबश्यक भएको बताउनु भएको छ ।
चितबनको भरतपुर स्थित तारापुञ्ज बचत तथा ऋण सहकारी संस्थामा आबद्ध शेयर सदस्यहरुको लगानीमा संचालनको तयारीमा रहेको तारापुञ्ज रिसोर्ट प्रा.लि.को प्रथम साधारण सभाको प्रमुख अतिथीका रुपमा उदघाटन गर्दे मन्त्री लामाले उक्त कुरा बताउनु भएको हो ।
मन्त्री लामाले सहकारी संस्थाहरुले अब आपना शेयर सदस्यहरुको दैनिक जीबन सुधारका लागी ब्यबसायिकतामा जोड दिनु पर्ने बताउदै तारापुञ्ज रिसोर्ट त्यसैको अनुशरणमा रहेको बताउनु भयो । सोही कार्यक्रमका बिशिष्ठ अतिथी नेप्सुनका उपाध्यक्ष शान्ति अधिकारीले सामुदायिकता र सहकार्यता बाट ठुलो काम पनि सजिलै गर्न सकिने बताउदै आगामी दिनमा दिगो आय आर्जन र ब्यबसायमुखी सेबा लाई थप परिष्कृत बनाउदै लैजानु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रमका बिशिष्ठ अतिथीहरु भरतपुर महानगरपालिका वडा नंम्बर ७ का अध्यक्ष तथा महानगरीय सहकारी उप समितीका संयोजक राजेन्द्रमणी कापले , जिल्ला सहकारी संघका अध्यक्ष हरि पौडेल ,जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष केशब रेग्मी, अन्नपुर्ण दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष ऋषिराम चापागाई लगायतले साधारण सभाको सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो ।
सोही अबसरमा अन्नपुर्ण दुग्ध उत्पादक सहकारी संस्थाको उत्पादन र तारापुञ्ज रिसोर्टको ब्यबसायीता लाई आम रुपमा सर्बसुलभ बनाउनु दुई पक्ष बिच आज नै संझौता भएको छ । कार्यक्रममा रिसोर्टका सदस्य सचिब रेगन पन्तले सामाजिक दायित्ब बोध हुने गरि कम्पनी लाई पर्यटक सहकारीको अबधारणा अनुरुप अगाडी बढाउने प्रकृया चालिएको बताउनु भयो ।
करिब ३ सय शेयर सदस्य सहभागी रहेको साधारण सभामा रिसोर्टका अध्यक्ष सुदीप रेग्मीले हाल सम्मको प्रगति प्रतिबेदन र आर्थिक बिभाग प्रमुख निरज पन्तले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।
दुई बर्ष अगाडी सहकारी संस्थामा आबद्ध करिब ४ सय शेयर सदस्यले सामुहिक लगानीमा सुरु गरेको रिसोर्टमा हाल सम्म करिब ८ करोड ५० लगानी भै सकेको र केही पूर्बाधार निर्माण गर्न थप २ करोड ५० लाख गरि ११ करोड रुपैयामा रिसोर्ट सम्पन्न गर्ने लक्ष्य रहेको आर्थिक प्रतिबेदनमा जनाईएको छ । सोही कार्यक्रममा रिसोर्ट केही दिन भित्रै संचालनमा लैजान लागीएको संचालक समितीले जनाएको छ ।
रिसोर्टमा हाल ३ वटा पार्टी हल , १ बटा सेमीनार हल , ३ बटा बैठक हल , रेस्टुरेण्ट लगायतको संरचना तयारी अबस्थामा रहेको र करिब एक सय मानिसका लागी आबास निर्माणको काम तत्काल सुरु गर्न लागीएको जनाईएको छ । संचालक समितीका सदस्य पबित्रा पौडेलले स्बागत गर्नु भएको कार्यक्रम तारापुञ्ज बचत तथा ऋण सहकारी संस्था तथा का रिसोर्टका अध्यक्ष सुदीप रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन रिसोर्टका प्रबन्ध निर्देशक श्रीराम देबकोटाले गर्नु भएको हो ।






















