काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा महासचिव नेत्रविक्रम चन्दबीच सोमबार भेटवार्ता भएको छ । तीन बुँदे सहमति अनुसार बन्दी रिहाइका विषयमा छलफल केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।
भेटमा प्रधानमन्त्री ओलीले सहमतिअनुसार नै प्रक्रिया सुरु भएको र क्रमशः बन्दी रिहा हुने जानकारी गराएको बुझिएको छ । नेकपाका अनुसार अझै एक सय ४८ जना नेता कार्यकर्ता जेलमै रहेको चलाउनेले बताए । छलफलमा नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा पनि सहभागी थिए ।
फागुन २१ मा सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिमा क्रमशः बन्दी रिहाइ गर्ने उल्लेख छ । तर, सहमति अनुसार बन्दी रिहाइमा विलम्ब भएको भन्दै चन्द प्रधानमन्त्री ओलीलाई भेटन बालुवाटार पुगेका थिए ।





















