चितवन / चितवनको भरतपुर महानगर वडा २७ र २८ मा रहेका विपन्न मुसहर परिवारलाई न्यानो कपडा सहयोग गरिएको छ । एनआरएन नर्थ क्यारोलिना अमेरिकाद्धारा कम्मल र सिरानी भरतपुरकी मेयर रेनु दाहाल मार्फत विपन्न मुसहरलाई हस्तान्तरण गरिएको हो ।
![]()
एनआरएन नर्थ क्यारोलिना अमेरिकाकी महिला संयोजक अनिता कोईरालाले मेयर कार्यकक्षमा मेयर मार्फत उक्त न्यानो कपडा सहयोग गरेकी हुन् ।
कोईरालासहित एनआरएन नर्थ क्यारोलिना अमेरिकाका अध्यक्ष कुलानन्द शर्माको नेतृत्व संकलन गरिएको १ लाख रुपैयाँबाट ३० जना मुसहर परिवारलाई सहयोग प्रदान गरिएको थियो । मुसहरहरुलाई जाडोको यो समयमा न्यानो कपडा आवश्यक देखर आफुहरुले सहयोग गरेको उनले बताईन् ।
सो अवसरमा बोल्दै मेयर रेनु दाहालले महानगरका विपन्न परिवारलाई विभिन्न खालका सहयोग महानगरले समेत प्रदान गरिरहेको अवस्थामा एनआरएनले गरेको सहयोगलाई धन्यवाद दिईन् । कार्यक्रममा सामाजिक अभियान्ता संगीता भटट्राई सहित उपमेयर पार्वती शाहको सहभागी थियो ।





















