गोरखा / गोरखा नगरपालिकाको १५ किलोमा सडक दुर्घटना भएको छ । दुर्घटनामा नेपाली सेनाका ४ जना जवान घाइते भएका छन् ।
मझुवा चेकप्वाइन्टबाट फर्कदै गरेको बा १ झ ५८०० नम्ंबरको सेनाको भ्यानलाई गोरखा बजारतिरबाट फर्कदै गरेको लु १ क ३८४६ नंम्बरको ट्रिपरले बुधबार साँझ साँढे पाँच बजेतिर गोरखा नगरपालिका ११ को पन्ध्र किलो घुम्तीमा ठक्कर दिँदा गाडी भित्र सवार सेनाका पाँचजना घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ ।
दुर्घटनामा रणसिँह दल गण गोरखामा कार्यरत पालुङ्टार ३ निबासी प्रेम परियार, ललितपुर बज्रबाराही नगरपालिकाका रञ्जित राना, कटारी नगरपालिका ८ का इन्द्रबहादुर तामाङ, सिद्धलेक गाउँपालिका १ धादिङ सिताराम सिलवाल घाइते भएका हुन् ।

घाइतेहरु सबैलाई उपचारका लागि गोरखा अस्पताल लगिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख मित्रलाल ढकालले जानकारी दिए ।उनीहरुमध्य रञ्जित राना र प्रेम परियारलाई गम्भीर चोट लागेकाले थप उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज लगिएको रणसिँह दल गणका गणपति उज्वल केशीले जानकारी दिए ।
ट्रिपर र त्यसका चालकलाइ १२ किलो प्रहरी कार्यलयको नियन्त्रणमा राखिएको छ ।





















