चितवन / नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) प्रचण्ड–नेपाल समूहका चितवन जिल्ला सचिव एवम् संसद कृष्ण भक्त पोखरेलले संसद बिघटनका कारण लोकतान्त्रिक गणतन्त्र र सङ्घीयता धरापमा परेको बताउनुभएको छ ।
चितवनको भरतपुर ११ मा शुक्रबार अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले भन्नुभयो, “पार्टी एकता गर्दा संविधान कार्यान्वयनलाई मुख्य विषय बनाइएको तर त्यसो हुन सकेन । यो प्रतिगमन भयो । प्रतिनिधिसभा बिघटन भयो ।”

नेकपाका सभासद घनश्याम दाहाल ले प्रतिगमन विरुद्धमा देश एकजुट भएर विरोध उत्रेको दावी गर्नुभयो । देश प्रतिगमनमा जाला भन्ने विषय आफूहरूले नसोचेको बताउँदै उहाँले भन्नुभयो, “घरभित्र समस्या छ भनेर बस्तीमै आगो लगाउनु कदापी राम्रो होइन । घर त खरानी भयो नै देशमा पनि आगो लागेको छ । जनताले बुझिसकेका छन् ।”

भेलामा सम्वोधन गर्दै नेकपाका नेता तेजेन्द्र खड्का , कमल मल्ल र सुमन सापकोटा लगायतले बिघटित प्रतिनिधिसभा पुनः स्थापना हुने विश्वास व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेकपा नेतृ सावित्री पौडेल आचार्य , युवा नेताहरु सन्देश अधिकारी ,जागेश्वर आचार्य , राजु परियार , अविरल पोखरेल लगायत सम्मूर्ण वडा कमिटिका सदस्यहरु , अग्रज तथा शुभचिन्तकहरुको व्यापक उपस्थिति थियो ।




























