एजेन्सी /भर्रखरै ‘नयाँ जीवन’को शुरुवात गरेकी अभिनेत्री स्वेता खड्का अहिले वैवाहिक जीवनमा रमाइरहेकी छन् ।
सामाजिक सञ्जालमा सक्रिय रहने स्वेताले पतिसँगका पलहरुलाई तस्वीरमार्फत साझा गर्दै प्रेमिल सन्देशहरु व्यक्त गरिरहेकी हुन्छिन् । पहिलो वैवाहिक जीवन अकल्पनीय रुपमा दुःखद बनेका कारण केही वर्ष ‘पीडा’मा बिताएकी उनले जीवनको सुःख विस्तारै लिन थालेकी छन् सायद, सामाजिक सञ्जालमार्फत उनले साझा गर्ने गरेका पोस्टहरुमा यस्तै सन्देश झल्किन्छ ।
आफ्ना पति विजयेन्द्रसिंह रावतको जन्मदिनमा पनि स्वेताले प्रेमले भरिएका सन्देश सामाजिक सञ्जालमार्फत साझा गरेकी छन् । शनिबार बिहान १२ बजे फेसबूकमार्फत ‘सार्वजनिक रुपमा’ उनले आफ्ना पतिलाई जन्मदिनको शुभकामना व्यक्त गरेकी छन् ।
‘मेरा प्रिय पति, मेरा गल्तीहरुको सहयात्री, सबैभन्दा उत्तम साथी र सबैभन्दा ठूलो समर्थकलाई जन्मन्दिको शुभकामना !’ स्वेताले आफ्ना श्रीमान् विजयेन्द्रलाई जन्मदिनको शुभकामना दिँदै फेसबूकमा लेखेकी छन् ।
पतिलाई जन्मदिनको शुभकामना दिँदै स्वेताले लेखेकी छन्– ‘मलाई खुसी राख्न तपाईंको माया नै पर्याप्त छ, र सबैथोकका लागि तपाईंप्रति अति नै आभारी छु ।’





















