काठमाडौं । गण्डकी प्रदेशका सांसद दीपक मनाङ्गेकी श्रीमतीलाई पक्राउ परेकि छिन् । श्रीमति दीछेन डोल्मालाई मकवानपुरको पदमपोखरीबाट चोरी मुद्धामा प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी सुशीलसिंह राठौरका अनुसार जिल्ला प्रहरी कार्यालय कास्कीबाट दिछेनको विरुद्ध ‘डाँकाचोरी’ मुद्धामा पक्राउ पूर्जी जारी भएको थियो ।
दीक्षेनले पोखरा स्थित एक घरमा रहेको मूर्ति चोरी गरेको सम्बन्धमा मुद्दा दर्ता भएको छ ।





















