गोरखा / हिजो मध्यराति कौडा खेलिरहेका ३४ जनालाई पक्राउ परेको छ ।
गोरखाको सिरानचोक गाउँपालिका वडा नं ७ नयाँसाँघुमा नगद , कौडा सहित ३४ जना जुवाडेलाई प्रहरी कार्यलय गोरखाको टोलीले पक्राउ गरिएको एसपी सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए ।
उनिहरुसँगको १ लाख ७५ हजार बरामद गरिएको एसपी गुरुङले जनाए । हाल जिल्ला प्रहरी कार्यलय गोरखा हिरासतमा राखिएकोे बताइएको छ ।
जुवाडेहरुलाई जुवा ऐन अनुसार कारवाही हुने एसपी गुरुङले जानकारी दिए ।
फाइल फोटो





















