काठमाडौं / यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र बागमती प्रदेशले आज बिहीबार बाट स्मार्ट कार्ड लाइसेन्स वितरण खुला गर्ने भएको छ।
सवारी चालक अनुमतिपत्रले बुधबार एक सूचना जारी गर्दै कोरोना संक्रमणका कारणले रोकिएको सेवा सुचारु गर्ने जानकारी दिएको हो।
‘आज विहिबार बाट यस कार्यलयबाट प्रवाह हुने लाइसेन्स नवीकरण,स्मार्ट कार्ड लाइसेन्स वितरण र भेरिफिकेसन सम्बन्धी कार्यहरु सुचारु हुने जानकारी गराइन्छ।
सूचना






















