रामेछाप / रामेछापका एक युवालाई प्रहरीले रंगेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको खाँडादेवी गाउँपालिका–६ घर भइ हाल काठमाडौ बानियाँटर बस्ने बर्ष २८ का गोबिन्द खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।
विगत दुई बर्षदेखि प्रहरीको सञ्चार सेटजस्तो देखिने वाकीटकी बोकेर रात्रीकालिन समयमा म प्रहरी हुँ भनि काठमाण्डौ उपत्यकाका बिभिन्न रात्रीकालिन व्यवसायी संचालन गर्ने स्थानहरुमा गई व्यवसायी लगायतका मानिसहरुलाई ठग्दै हिडने र आफुले गर्ने पेसा हार्डवेरको सामान डेलिभरी गर्ने भएपनि धेरै पैसा कमाउन नक्कली प्रहरी बनेर ठगी गर्ने कार्यमा संलग्न हुँदै आएको अनुचित प्रभाबमा पारी पैसा उठाउने काम गर्दै आएको सुचनाको आधारमा महानगरीय अपराध महाशाखाका प्रमुख दीपक थापाले अवधै कार्यमा संलग्न खडकालाई पक्राउ गरिएको जानकारी दिनु भयो ।
प्रमुख थापाले दिएको जानकारी अनुसार उहाँले हिजो बिहान पैसा उठाउदै गरेको अवस्थामा टोका नगरपालिकाको बानियाँटारबाट पक्राउ गरिएको बताउनुभयो ।
पक्राउ पर्ने खडकाको साथबाट प्रहरीले सञ्चार सेट एक थान, प्रहरी सहित अन्य सुरक्षा निकायले लगाउने युनिफर्महरु, सुरक्षा निकायले लगाउने बुट, मतदाता परिचयपत्र,बरामद गरिएको छ । बरामद सञ्चार सेटले अन्य सुरक्षा निकायका सञ्चार सेटका फ्रिक्वेन्सी टिप्ने गरेको पाइएको छ ।प्रहरीले खडकाबाट कोही कसैलाई बिभिन्न प्रभाव पारि ठगी गरेको भएमा प्रहरी समक्ष सम्पर्क गर्न पनि आग्रह गरेको महानगरीय अपराध महाशाखाकाका प्रहरीले जनाएको छ।





















