काठमाडौं / विगत २४ गतेदेखि आमरण अनसनरत डा. गोविन्द केसीको जिवनरक्षाका लागि नेपाल चिकित्सक संघले आन्दोलन घोषणा गरेको छ। अनसनको २४ औँ दिन बिति सक्दा समेत सरकारले कुनै वास्ता गरेको छैन।
डा.केसीको जिवन रक्षा हुनुपर्ने आवाज चौतर्फी रुपमा उठ्दै आएको छ। केसीको मागलााई वेवास्ता गरेको भन्दै डा.केसीको जीवन रक्षाका लागि आन्दोलन घोषणा गर्न बाध्य भएको संघले बुधबार विज्ञप्तिमार्फत जनाएको छ।
घोषित कार्यक्रम अनुसार असोज २२ गते बिहान ९ बजे देखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिष्कार गरी धर्ना दिने कार्यक्रम छ।
यस्तै, बिहीबारदेखि नै देशभरका स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य मापदण्ड अपनाइ रिले अनसन बस्ने संघका महासचिव डा.बद्री रिजालले जनाएका छन्।





















