चितवन/भरतपुर महानगरको मेयर रेनु दाहालको निर्देशनपछि ठाउँ ठाउँमा डुबान भएको भरतपुर महानगर क्षेत्रको पानी निकासका लागि काम शुरु भएको छ ।
भरतपुर महानगरकी मेयर रेनु दाहालको निर्देशनसगैँ यहाँ डुबान क्षेत्रमा तत्काल ढल निकास गर्न गृहकार्य शुरु भएको हो । तत्कालिन अवस्थामा ढल निकास नगरिकन सडक तथा भौतिक संरचना निर्माण र नहर पुरिदाँ यहाँ डुबान भएको हो ।
जसले गर्दा जनतालाइृ गाह्रो महसुस भएको छ । भरतपुर मेयर रेनु दाहाले विगतमा नहर भत्काउदाँ यस्तो समस्या भएको भन्दै अबका दिन महानगरमा ढल निकास विना कुनै संरचना निर्माण नहुने दावी पनि गर्नु भयो ।
उहाँले आज दुई वटा एक्साभेटर प्रयोग गरेर ढल निकासको काम भएको बताउनुभयो । साथै उहाँले क्रमिक रुपमा सबै डुबान परेको ठाँउको पानीको निकास निकाल्ने काम तीव्र रुपमा अगाडी बढेको बताउनुभयो ।
मेयर रेनुको निर्देशनसगैँ पहिलो चरणमा भरतपुर वडा न १० को दुरसन्चार देखि रिजाल चोक सम्मको काम सुरु नहर चोक अस्पताल चोक दुरसन्चार पछाडी हुदै, रिजाल चोक सम्म तत्कालिन पुरिएको नारायणी लिफ्ट सिचाई नहर ब्युईताईएको छ । भने अब यो क्षेत्रको पानी रिजाल चोकबाट ड्रेन हुदै केरूगा घोल सम्म पुग्ने मेयर रेनु दाहालका सचिवालय सचिव गोपाल न्यौपानेले जानकारी दिनुभयो ।
नारायणी लिफ्ट सिंचाई आयोजनाको नहर अतिक्रमण गरेर घर तथा सडकहरु बनाइँदा भरतपुर ७, १०, ११ र १२ का अधिकांश भुभागहरु डुबानमा परेका हुन् । जस कारण अबिरल बर्षासगैँ परेको पानीले भरतपुर महानगरपालिकाका बिभिन्न स्थानहरु डुबानमा परेको थियो ।
अब महानगरले मिचिएको सबै नहरलाई पुरा नै अवस्था फर्काउने तयारी गरेको महानगरले जनाएको छ ।
फाइल फोटो





















