काठमाडौं / देशभर पछिल्लो २४ घण्टामा फेरि १ हजार ३ सय ५६ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडियामा ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले बताएअनुसार यही समयमा देशभरबाट ८ सय २३ संक्रमित कोरोनामुक्त भएका छन्।
आज काठमाडौं उपत्यकामा ६ सय ४७ कोरोना संक्रमित थपिएका छन्। काठमाडाैंमा मात्र ५ सय ११ संक्रमित थपिएका हुन्। त्यस्तै भक्तपुरमा ६३ जना र ललितपुरमा ७३ जना संक्रमित थपिएका छन्। काठमाडाैंमा थपिएका संक्रमित मध्ये १ सय ७३ जना महिला छन्।
पछिल्ला १५ दिनयता लगभग उस्तै दरमा संक्रमित थपिरहेका छन्। चार दिनअघि भने २४ घण्टाभित्रै २ हजार २० संक्रमित थपिएका थिए। आज मंगलबार देशभर क्वारेन्टाइनमा ७ हजार १ सय ७१ जना बसिरहेका छन्।
आजको पिसिआर ११ हजार १ सय ५४ रहेको र आज संस्थागत आइसोलेसन ९ हजार १ सय ९३ छन्। आज सम्म ७२ प्रतिशत संक्रमित कोरोना मुक्त भइसकेका छन्।





















