काठमाडौं / बितेको २४ घण्टामा देशभर थप १२ सय चार जना संक्रमित थपिएका छन्।
त्यस्तै काठमाडौं उपत्यकामा नयाँ ७११ कोरोना संक्रमित देखिएका छन् । काठमाडौँमा ५७०, ललितपुरमा ५८ र भक्तपुरमा ८३ जना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङका क्रममा प्रवक्ता प्राडा जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन्।
उनका अनुसार आज देशभरबाट १४ सय ४७ संक्रमित डिस्चार्ज भएका छन्। आज देशभर सक्रिय संक्रमित १७ हजार १ सय २९ जना छन्। त्यस्तै आजको पिसिआर १० हजार ३ सय ३३ रहेको गौतमले जनाए।
यस्तै, पछिल्लो २४ घण्टामा थप ११ जना संक्रमितको कोरोनाकै कारण मृत्यु पुष्टि भएको छ। यस सँगै हालसम्म नेपालमा कोरोनाकै कारण मृत्यु हुनेको कुल संख्या ४०१ पुगेको छ।





















