गोरखा / गोरखाको भच्चेक बजार आइतबारसम्मका लागि शील गरिएको छ । बजारकी एक महिला व्यापारीमा कोरोना पोजेटिभ देखिएपछि बजार शील गरिएको अजीरकोट गाउँपालिकाका प्रमुख फणिन्द्र धितालले जानकारी दिए ।
‘सदरमुकामको धारापानीका संक्रमितको कन्ट्याक ट्रेसिङको आधारमा पिसिआर परीक्षण गर्दा भच्चेक बजारकी एक महिलाको पिसिआर रिपोर्ट पनि पोजेटिभ देखियो’, धितालले भने, ‘अब उहाँको कन्ट्याक ट्रेसिङ आइतबार गरिन्छ ।
त्यति बेलासम्म बजार सिल गर्ने निर्णय भएको छ ।’ व्यापारी भएकाले धेरैतिर सम्पर्क भएको हुन सक्ने त्रासले बजार बन्द गरिएको उनले बताए ।





















